Skin_Hospital_Dhn

नमुना विद्यालयहरू निर्माणको अभ्यासमा छौँ : मुख्य मन्त्री शाह

धनगढी ।
आफ्नो राजनीतिक यात्रामा शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहेको सुदूरपश्चिमका मुख्य मन्त्री कमल बहादुर शाहले बताएका छन् ।

नेपाल शिक्षक सङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

“नेपालको लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शिक्षक साथीहरू मैले राजनीतिक यात्रा तय गर्दै गर्दा, शिक्षक सङ्घका साथीहरूको ठुलो भूमिका छ । मेरा शिक्षक मित्रहरूले मलाइ सधैँ सही सल्लाह सुझब दिए । जसका कारणले म यो स्थानमा छु, मैले यो किन भन्दैछु भने शिक्षक साथीहरूको भूमिका हामीले बुझ्न जरुरी छ । शिक्षकले एउटा स्कुल मात्रै राम्रो बनाउने हैन समग्र समाज प्रवर्धन रूपान्तरणका लागी पनि शिक्षाको ठुलो भूमिका रहन्छ । त्यो अर्थमा मैले बुझेको छु” उनले भने ।

सुदूरपश्चिम सरकारको तर्फबाट शिक्षकहरूलाई सधैँ सल्लाहकारको रूपमा रहने र सुझाव मिलिरहने विश्वास लिएको उनले बताए ।

सरकारी होस् या निजी विद्यालयमा जहाँ रहे पनि विद्यालय परिणाम दिन जरुरी रहेको मुख्य मन्त्री शाहले बताए ।

बिद्यालयहरुलाई अगाडी बढाउन र साँच्चिकै नमुना विद्यालय भनेर चिनाउन । नमुनाका रूपमा केही विद्यालयहरू निर्माण गर्नुपर्छ भन्ने अभ्यासमा समेत रहेको उनले बताए ।

Loading...