
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा बोटविरुवा संरक्षणका लागि राखिएका ५८ वटा ट्रि गार्ड उखेलेर फालिएको छ।

गएराति धनगढी उपमहानगरपालिकाको पिपल चौतारा र स्याउले सडक खण्डमा लगाएका हुकिरहेका बोटबिरुवाहरू भाँच्ने गरी ५८ वटा ट्रि गार्ड फालिएको मेयर गोपाल हमालको सचिवालयले जनाएको छ।

ट्रि गार्ड फ्याँक्ने कार्य गर्ने व्यक्तिलाई चिन्ने वा देख्नुभएको महानुभावले ०९१–५९०६९० मा सम्पर्क गरी जानकारी गराइदिन मेयर हमालको सचिवालले पनि अनुरोध गरेको छ। आफ्नो घर अगाडि भएका बोटबिरुवाहरूको संरक्षण एवं हेरचार गरिदिन पनि आग्रह गरिएको छ।
