Skin_Hospital_Dhn

नेपाल प्रहरीको ३१ औं प्रमुखमा थापा नियुक्त

काठमाडौं: सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ। दुई वर्षअघि प्रहरी महानिरीक्षक नियुक्त भएका वसन्त कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर सोमबार नै अवकाशमा जाने भएपछि सरकारले थापालाई महानिरीक्षक नियुक्त गरेको हो।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। थापा नेपाल प्रहरीका ३१औँ महानिरीक्षक हुन्। थापासँगै अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ र सुदीप गिरी पनि महानिरीक्षकको प्रतिस्पर्धामा थिए।

नवनियुक्त प्रहरी महानिरीक्षक थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व गरिरहेका थिए। उनीसँगै प्रतिष्पर्धामा रहेका तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुखको जिम्मेवारी छन्।

सम्बन्धित
Loading...