Skin_Hospital_Dhn

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक र युवती पक्राउ

कञ्चनपुरः  खैरो हेरोइनसहित कञ्चनपुरमा एक युवक र युवती पक्राउ परेका छन्।

लागूऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–३ भासी जनज्योती टोलकी २७ वर्षीया युवती निलम अवस्थीको घरमा खानतलासी गर्दा शुन्य दशमलव ४९ ग्राम खैरो हेरोइन फेला पारी उलाई पक्राउ गरएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

अवस्थी सँगै रहेका भीमदत्त नगरपालिका–१५ बस्ने २८ वर्षीय अरुण चन्दलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित
Loading...