Skin_Hospital_Dhn

स्ववियु निर्वाचन : डडेल्धुरामा मतदान सम्पन्न, आजै मतगणना

डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।

पाँच सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेको निर्वाचन समितिले जनाएको छ। समानुपातिकतर्फ तीन सय ७६ मत खसेको छ। अहिले सर्वपक्षीय बैठक भइरहेको र मतगणना आजै बेलुकादेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ।

स्ववियुको नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गौरव ऐर, संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

सम्बन्धित
Loading...