Skin_Hospital_Dhn

कैलालीमा मृत भेटिए ७० वर्षीय बुढा

धनगढीः कैलालीमा एक वृद्ध मृत भेटिएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१० तुलसीपुर सामुदायिक वनमा वृद्ध मृत फेला परेका हुन्।

प्रहरीले रतिपुर जाने बाटोको नजिक जङ्गलमा मङ्गलवार घोडाघोडी नगरपालिका–९ रतिपुरका ७० वर्षीय नौले बुढा मृत फेला परेको जनाएको छ। घटनाको विषयमा प्रहरीले अनुसन्धान भइरहेको बताएको छ।

सम्बन्धित
Loading...