
दार्चुला: भारतको राजस्थानमा मोटरसाइकल दुर्घटनामा परी दार्चुलाका एक जनाको मृत्यु भएको छ।

सोमबार राति राजस्थानस्थित जयपुरमा मोटरसाइकल दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका–९ सिन्याडीका ३६ वर्षीय करन जोशीको मृत्यु भएको हो।

स्थानीय कृष्ण जोशीका अनुसार कामबाट बस्ने ठाउँमा फर्किरहेका बेला मोटरसाइकल दुर्घटनामा परेको हो। जोशीको घटनास्थलमै मृत्यु भएको उनले बताए।
मृतक करनका घरमा आमाबुबा, पत्नी र तीन छोरी रहेको आफन्तले जानकारी दिएका छन्।
