Skin_Hospital_Dhn

डडेल्धुरा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका ऐर विजयी

डडेल्धुरा: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघका गौरव ऐर सभापतिमा निर्वाचित भएका छन्।

उनले कूल खसेको ३७५ मध्ये १८४ मत पाए। यहाँ उनको प्रतिस्पर्धीको रुपमा संयुक्त प्यानलबाट मदनबहादुर बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामी सभापतिमा लडेका थिए।

नेपाली काँग्रेस (बीपी) निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको थियो।

बोहराले १२८ मत पाए भने स्वतन्त्र उम्मेदवार धामीले ५२ मत पाए। ५ सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेको निर्वाचन समितिले जनाएको छ। समानुपातिकतर्फ तीन सय ७६ मत खसेको छ।

यसअघि उक्त क्याम्पसको स्ववियु सभापति नेविसंघकै दुर्गा भट्ट थिए। उनले अहिले पनि चुनाव लडेका नेविसंघ (बीपी) का मदन बोहरालाई हराएका थिए।

सम्बन्धित
Loading...