
धनगढी: कैलालीकाे धनगढीमा रहेकाे ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघले बिरासत फर्काएकाे छ।

मंगलबार सम्पन्न भएको स्ववियु निर्वाचनबाट नेपाली कांग्रेस निकट नेविसंघले सभापतिसहितका पदमा क्लीन स्वीप गरेको हो। अन्तिम मतपरिणामअनुसार नेविसंघका दीपकराज भट्ट विजयी भएका छन्।

भट्ट प्रतिद्धन्द्धी एमाले निकट अनेरास्ववियुका दिपेन्द्र भट्ट (दिपिन) लाई पराजित गर्दै विजयी भएका हुन्। नेविसंघका दीपकराज ५३३ मत पाए। अनेरास्ववियुका दिपेन्द्रले ४२५ मत र अखिल क्रान्तिकारीका विकास बिष्टले ४०२ मत पाए।
सचिवमा नेविसंघका देबेन्द्र बोहरा (डेभिड) र कोषाध्यक्षमा सञ्जिताकुमारी चौधरी विजयी भएका छन्। यसअघि ऐश्वर्य बहुुमुखी क्याम्पसको स्ववियु सभापतिसहितका पदमा एमालेनिकट अनेरास्ववियुले प्यानलसहित जितेको थियो तर यो पटक भने नेविसंघले क्लीन स्वीप गर्दै अनेरास्ववियुको बिरासत भत्काएको छ।
