
काठमाडौं ।
भोली मंगलवार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।

यसअघि चैत १४ गते मंगलबार विहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने भनिएकोमा बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

बैठकमा सरकारमा सहभागिता जनाउने र उपनिर्वाचन बारे छलफल हुने बताइएको छ ।
