Skin_Hospital_Dhn

यस वर्षको एसईई सुरु

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सुरु भएको हो।

परीक्षा तालिकाअनुसार आज पहिलो दिन विद्यार्थीले अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा दिँदैछन्।

यस वर्षको एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको हो।

आजदेखि सुरु भएको एसईई यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

सम्बन्धित
Loading...