
धनगढीः कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टको सरुवा भएको छ।

भट्टको कञ्चनपुरको बेदकोट नगरपालिकामा काज सरुवा भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै भट्टलाई बेदकोट नगरपालिकामा कामकाजमा खटाइएको जनाएको छ। २०८० असोज ८ गते हाजिरी भएका भट्ट करिब १८ महिना गोदावरीमा कार्यरत रहेका थिए। भट्टको सरुवा भएसँगै नगरपालिका प्रमुख प्रशासकिय अधिकृतविहीन बनेको छ।

मन्त्रालयले भट्टको ठाउँमा अन्य कर्मचारी तोकेर पठाएको छैन। यस्तै नगरपालिकामा कार्यरत लेखापाल दिलबहादुर र्सिहको स्थानमा प्रकाश भट्ट आउने भएका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालयमा कार्यरत भट्ट लेखापालको रूपमा गोदावरीमा आउन लागेको नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले जानकारी दिए।
