Skin_Hospital_Dhn

बैतडीकी मायाको हत्यारा अझै फेला परेन, मृतक र घाइतेको परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत दिने

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ कि २१ वर्षीया माया लुहारको बुधवार शिवनाथ गाउँपालिका ६ शिवनाथ जंगलको नेपाल टावर नजिक शव फेला परेको थियो ।

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ कि २१ वर्षीया माया लुहारको बुधवार शिवनाथ गाउँपालिका ६ शिवनाथ जंगलको नेपाल टावर नजिक शव फेला परेको थियो । शव फेला परेको २ दिन सम्म पनि आंशका गरिएका व्यक्ति फेला परेको छैन् ।

१३ गते माया लुहार र सोही ठाउँकी १५ वर्षीया नेहा लुहार कपडा सिलाउन भन्दै वडा नम्बर ३ स्थित कुलाउँ गएका थिए । घर नफर्केपछि खोजीकार्य गर्दै जाँदा उनी मायाको घाँटी काटिएको अवस्थामा मृत फेला परिन् भने नेहा आधाघाँटी काटिकै अवस्थामा घाइते भेटिइन् ।
घाइते नेहाको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । मृतक माया र घाईते नेहाको परिवारलाई पञ्चेश्वर गाउँपालिका राहत उपलव्ध गराउने भएको छ । कार्यापालिकामा निर्णय गरि घाइतेको
उपचार खर्च र मृतकको परिवालाई राहात खर्चदिइने पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष विना भट्टले बताईन् ।

मृतक माया हालै सम्पन्न भएको प्रदेश प्रतिनिधि सभाको निर्वाचनमा म्यादी प्रहरी थिइन् । घायते नेहाले शिवनाथ गापा ४ का एकजना शसस्त्र प्रहरीमा कार्यरतको नाम बताएकी छिन् । नाम वताएका व्यक्ति अहिले फरार रहेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धि अनुसन्धान भइरहेको र मृतकको पोष्टमाटमको लागि जिल्ला अस्पताल बैतडीमा ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक प्रेम वहादुर शाहीले जानकारी दिएका छन् ।

सम्बन्धित
Loading...