Skin_Hospital_Dhn

नेविसंघले टिकट दिएन, ऐरले स्वतन्त्रबाटै जितिन् पीकेको स्ववियु अध्यक्ष

काठमाडौं: काठमाडौँको पद्मकन्या क्याम्पस (पीके)को स्ववियु अध्यक्षमा स्वतन्त्र प्यानल नै विजयी भएको छ।

नेविसंघले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै पीकेको स्ववियुमा विजयी भएको हो।

ऐरले ७ सय ३० मत पाउँदा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी छन्। अध्यक्षमा विजयी हुने ऐर पीके स्ववियुको निवर्तमान सचिव समेत हुन्। उनी कांग्रेसमा महामन्त्री गगन थापा निकट मानिन्छिन्।

त्यसैगरि ऐरकै स्वतन्त्र समूहबाट सचिवमा सन्ध्या बस्याल, कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएका छन्।

सम्बन्धित
Loading...