
काठमाडौं ।
प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगितामा आज नेपालले भुटानसंग प्रतिसपर्दा गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजेपछि सुरु हुनेछ ।

दुबै टोली एक अर्कालाई हराउँदै फाइनल पुग्न चाहन्छन् । नेपालले लाओसलाई २–० ले हराएको थियो । यस्तै, लाओसले भुटानलाई २–१ ले हराएको थियो ।

तीन राष्ट्र सहभागिता रहेको प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ । भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ ।
