
धनगढीः कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

बिहीबार लम्कीचुहा नगरपालिका–९ घर भई हाल धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीय रेनुका चौधरी र १८ वर्षीय किशोरी लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरूको साथबाट १ ग्राम ३० मिलिग्राम लागू ्औषध खैरो हेरोइन बरामद गरिएको छ। यस्तै धनगढी उपमहानगरपालिका–३ मा सुदूरपश्चिम प्रदेश ०१–०२ प ०१४० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालकले हेलमेट भित्र लुकाइ राखेको अवस्थामा चालक धनगढीको बोराडाँडी बस्ने २४ वर्षीय श्यामलाल राना र मोटरसाइकल पछाडि सवार गोदावरी नगरपालिका–६ बस्ने २१ वर्षीय रबी चौधरी पक्राउ परेका छन्। उनीहरूको साथबाट १५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको बताइन्छ।
