Skin_Hospital_Dhn

उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व सम्पन्न

काठमाडौं ।
मिथिला क्षेत्रमा मनाइने चैती छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिएको छ।

हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ दिएका भक्तजनले आज उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिएको हो ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ चैती छठ सम्पन्न भएको छ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।

सम्बन्धित
Loading...