
कञ्चनपुरः चितुवाको आक्रमणबाट कञ्चनपुरमा दुई जना घाइते भएका छन्।

जिल्लाको दोधरा–चाँदनी नगरपालिका–३ शिबनगर टोल मा खेतमा देखिएको चितुवालाइ लखेट्ने क्रममा बिहिवार २ जना घाइते भएका हुन्।

घाते हुनेमा दोधारा–चाँदनी नगरपालिका–३ का २७ वर्षीय राजु सुनार र २३ वर्षीय अर्जुन बुढा रहेका प्रहरीले जनाएको छ।
उनीहरूलाई दोधरा–चाँदनी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी महाकाली प्रादेशिक अस्पतालमा रेफर गरिएको छ।
