
बाजुरा: बाजुरामा जिप दुर्घटना हुँदा सहचालक घाइते भएका छन्।

कर्णाली करिडोरअन्तर्गत हिमाली गाउँपालिकाको कुवाडीबाट धुलाचौर आउँदै गरेको जीप वडा नम्बर ४ स्थित लेबडीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराले मुगुको खत्याड गाउँपालिका– ९ का अन्दाजी २५ वर्षीय वसन्त लावर्डले चलाएको लु १ ज ४४४५ नम्बरको जिप दुर्घटना भएको जनाएको छ।
उक्त दुर्घटनामा सहचालक खत्याड गाउँपालिका– १० का अन्दाजी १९ वर्षीय हरिचन्द्र शाही घाइते भएका छन्। शाहीको टाउको र गर्धनमा चोट लागेको छ। उनको कोल्टी अस्पतालमा उपचार भइरहेको बताइन्छ।
