Skin_Hospital_Dhn

आईपीएलमा आज दुई खेल हुँदै, भिड्दैछन् यी चार टिम

काठमाडौं: इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्।

दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

यी दुई टोलीबीचको खेल राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हैदरावादमा दिउँसो पौने ४ बजे सुरु हुनेछ।

यस्तै साँझ पौने ८ बजे चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल एम चिदम्बरम क्रिकेट स्टेडियममा हुनेछ।

यसअघि गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ ।

साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै पाहुना टोलीले विजयी सुरुवात गरेको हो।

सम्बन्धित
Loading...