
काठमाडौं: स्थानीय बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ।

महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री हुनेछ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
