Skin_Hospital_Dhn

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेर कारगार चलान भएका तीन जना युवक धरौटी बुझाएर रिहा

काठमाडौँ ।
अभद्र व्यवहारमा मुद्दामा कारगार चलान भएका तीन जना युवक धरौटी बुझाएर रिहा भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि अभद्र व्यवहारमा मुद्दामा कारगार चलान भएका तीन जना युवक धरौटी बुझाएर रिहा भएका हुन् ।

चैत ७ मा बानेश्वरस्थित थापागाउँमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको थियो । मुद्दा खेप्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का रहेका थिए ।

सो मुद्दामा १२ चैतमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएपछि उनीहरु जेल चलान भएका थिए । तर, मंगलबार धरौटी बुझाएर उनीहरु रिहा भएका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मुख थुनेको भिडियो सार्वजनिक भएपछि सरकार तथा प्रधानमन्त्री प्रचण्डको आलोचना भएको थियो ।

सम्बन्धित
Loading...