Skin_Hospital_Dhn

नयाँ वर्षको अवसर पारेर धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने

धनगढी ।
सधैँ झैँ यो बर्षपनि नयाँ वर्षको अवसर पारेर धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ धनगढी जेसिजले नवौँ संस्करणको हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

धनगढी जेसिजले आज (मंगलवार) पत्रकार सम्मेलनको आयोजना गर्दै हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने बारे जानकारी गराएको हो ।

धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले प्रतियोगिता वैशाख १ गते बिहान ७ बजे धनगढी रङ्गशालाबाट सुरु हुने बताए । उनले म्याराथन प्रतियोगितामा विभिन्न ४ विद्या समावेश गरिएको जानकारी दिए ।

म्याराथन प्रतियोगितामा खुला (२१.१ किलोमिटर), कर्पोरेट र सञ्चार (५ किलोमिटर), ट्राई साइकल रेस (५ किलोमिटर) र महिला (५ किलोमिटर) गरि चार विद्या आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताए ।

म्याराथन प्रतियोगितामा खुला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ नगद प्राप्त गर्नेछन् । त्यस्तै कर्पोरेट र सञ्चार तर्फ ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार राखिएको संयोजक कुँवरले बताए ।

यसै गरी, ट्राई साइकल तर्फ सहभागी सबैलाई पुरस्कार दिइने बताउँदै संयोजक कुँवरले महिलातर्फ विजयी हुनेले क्रमशः ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार दिइने बताए ।

सम्बन्धित
Loading...