
कञ्चनपुरः खैरो हेरोइनसहित कञ्चनपुरमा दुई युवक पक्राउ परेका छन्।

वेदकोट नगरपालिका–८ भासिबाट सोही ठाउँ बस्ने २३ वर्षीय अबिषेक डगौरा र २४ वर्षीय सुनिल डगौरा खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

दुवैजनालाई शुन्य दशमलव ३३ ग्राम खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट भासिबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ।
