Skin_Hospital_Dhn

सुनको मूल्य सामान्य घट्यो

काठमाडौँ: नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो।

सम्बन्धित
Loading...