
धनगढीः कैलालीको धनगढीमा ट्यांकरले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।

आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सुपप्र ०१००१ प २२११ नम्बरको ट्यांकरले साइकल यात्री गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीया पार्वती खड्कालाई ठक्कर दिएको थियो।

ट्यांकरको ठक्करबाट घाइते भएकी खड्काको सोमबार बिहान उपचारका क्रममा धनगढीकै माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले ट्याङकर र चालक कञ्चनपुरको वेदकोट नगरपालिका–१ बस्ने ४९ वर्षीय प्रकाशदत्त भट्टलाई नियन्त्रणमा लिएको जनाएको छ।
