
धनगढीः धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले अलपत्र भेटिएका वृद्धको उद्धार गरेको छ।

धनगढी–८ स्वास्थ्य चौकी पिपल चौतारीमा बसेका ६५ वर्षीय नाम छ्क्कु चौधरी र घर कैलारी गाउँपालिका हसुलिया बताउने वृद्धकलाई अलपत्र भेटाएपछि नगर प्रहरीले उद्धार गरेको हो।

उनलाई मानव सेवा आश्रम पुर्याइएको मेयर गोपाल हमालको सचिवालयले जनाएको छ।
