
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको राजधानी बैंकक जाने भएका छन्। यही चैत १९ देखि २३ गतेसम्म बैंककमा आयोजना हुने बिमस्टेक बैठकमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको हो। भ्रमण दलको नेतृत्व गर्दै प्रधानमन्त्री त्यसतर्फ जाने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

भ्रमण दलमा परराष्ट्रमन्त्री आरजु राणा सहभागी हुनेछिन्।
