
काठमाडौं: स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य आज अघिल्लो दिनकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
