Skin_Hospital_Dhn

रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा विक नियुक्त

धनगढी: अछामको रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृत पदमा पूर्णबहादुर विक नियुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद्को निर्णयअनुसार रामारोशन गाउँपालिका ७ सुतारका विक कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्। विक नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव हुन्।

सुदुरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यस्थापन समितिको कार्यकारी अधिकृत पदमा विक नियुक्त भएको बताइन्छ। समितिको पदावधि चार वर्षको हुनेछ।

सम्बन्धित
Loading...