
बैतडी ।
हिजो (सोमबार) राति घर फर्किने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

बैतडीको पुर्चौंडी नगरपालिका–६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको हो । उनका १० महिने छोरा र श्रीमती छन् ।
