Skin_Hospital_Dhn

सुनको मूल्य बढ्यो

काठमाडौँ: गएका चारदिन लगातार घटेको सुनको मूल्य आज बढेको छ। चाँदी पनि आज महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज प्रतितोला दुईसय रुपैयाँ बढेर एकलाख ७३ हजार पाँच सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य एकलाख ७३ हजार तीनसय रुपैयाँ थियो।

हिजो २ सय रुपैयाँ घटेको सुनको मूल्य आज दुईसय रुपैयाँ नै बढेको हो। गएको सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७३ हजार पाँचसय रुपैयाँमा झरेको थियो।

यही चैत ६ गते सुनको मूल्य एक लाख ७६ हजार रुपयाँ पुगेको थियो। सुनको यो मूल्य आजसम्मकै सबैभन्दा धेरै हो। महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज तोलाको एक हजार नौसय ९० रुपैयाँ कायम भएको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि बढेको थियो।

सम्बन्धित
Loading...