
काठमाडौं ।
साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेप्से परिसूचक १२.१० अंकले बढेको छ । नेप्से परिसूचक १२.१० अंकले वृद्धि भई १९१८.१० विन्दुमा आएर अडिएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ३६०.४४ विन्दुमा पुगेको छ। हिजो (सोमबार)को कारोबारमा पनि सेयरबजारमा उकालो लागेको थियो । सोही दिन नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ विन्दुमा पुगेको थियो ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) कूल २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । नेप्से सुचकमा १४२ कम्पनीमा वृद्धि भएको छ । ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ ।
त्यस्तै, कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त इन्स्योरेन्सले ६ करोड १५ लाख रुपैयाँ भन्दाबढीको कारोबार गरेको छ । मंगलबार हिमालय डिस्टिलरी दोस्रो स्थानमा परेको छ ।
उक्त कम्पनीको ५ करोड ९७ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । सोमबार १३ उपसुचकहरु मध्ये विकास बैंक, फाइनान्स, निर्जिवन बिमाबाहेक सबै उपसुचकहरुमा वृद्धि भएको छ । सबैभन्दा धेरै माइक्रो फाइनान्सको ३.४८ प्रतिशत र म्युचुअल फण्डको २.५३ प्रतिशतले वृद्धि भएको छ।
