
काठमाडौं: प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। प्रतिपक्षी दलहरुले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद अवरोध गरेका हुन्।

आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको ठहर गर्दै संसदमा विरोध गर्ने निर्णय गरेको थियो।
