Skin_Hospital_Dhn

डडेल्धुरामा खसीको भन्दै बाख्राको मासु बेच्ने मानबहादुर पक्राउ

डडेल्धुरा: डडेल्धुरामा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एकजना पक्राउ परेका छन्।

अमरगढी नगरपालिका–५ तुफानडाँडामा रहेको एमबी मासु पसलका सञ्चालक अजयमेरु गाउँपालिका–२ का ४५ वर्षीय मानबहादुर बोहरालाई पक्राउ परेका हुन्। उनले बाख्रा काटिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो।

उनको पसलबाट ३१.२२० किलोग्राम तौल भएको बाख्रा काटिरहेको अवस्थामा फेला पारेर बाख्रासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए। उनका अनुसार बोहरालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ।

सम्बन्धित
Loading...