Skin_Hospital_Dhn

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो।

साथै, चाँदीको मूल्य पनि बढेको छ। आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।

सम्बन्धित
Loading...