
काठमाडौं: पछिल्ल समय राजावादीहरूको सक्रियता बढिरहेका बेला संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने बहानामा तीन ठूला दलहरू एक ठाउँ उभिएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्काउने भन्दै नवराज सुवेदी नेतृत्वमा आन्दोलन परिचाल समिति नै बनेको अवस्थामा तीन ठूला दलका नेताहरू एकैठाउँ उभिएर व्यवस्था जोगाउन खातिर एकताको सन्देश दिन खोजेका हुन्।


सोमबार मात्रै संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्बाट पारित गरेको अवस्थामा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगलाई सक्रिय बनाउने तयारीसहित तीन जुटेका हुन्।
सोमबार मात्रै प्रमुख दलका शीर्ष नेताहरू मिलेर संक्रमणकालीन न्यायका बाँकी प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन गर्न सहमति जुटएका थिए।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेताहरूको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी उजुरी हेर्ने दुई आयोगका पदाधिकारी सिफारिस गर्न समिति गठन प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको थियो।
उक्त निष्कर्षसँगै अब शान्ति प्रक्रियामा पूर्णविराम लाग्न सक्ने विश्वास बढेका बेला तीन दलका नेता एकै ठाउँ उभिएका हुन्।
