Skin_Hospital_Dhn

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, मन्त्रालय बाँडफाँटबारे छलफल हुने

काठमाडौं ।
हिजो साँझ विनानिष्कर्ष टुंगिएको सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक मन्त्रालयको भागबन्डा मिलाउन आज बिहान ९ बजे पुनः बस्न लागेको हो ।

हिजो (मंगलबार) साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले आफ्नो—आफ्नो दाबी नछोड्दा बिनानिष्कर्ष सकिएको थियो ।

हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका थिए । उक्त मस्यौदामा आज छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने नेता लेखकले बताएका छन् ।

सम्बन्धित
Loading...