Skin_Hospital_Dhn

बैतडीमा भगवान रामको २१ फिट अग्लो मूर्ति निर्माण

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँस्थित श्रीराम मन्दिरमा भगवान श्रीरामको २१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ।

देश तथा विदेशमा रहेका श्रद्धालुहरुबाट चन्दा संकलन गरेर उक्त मूर्ती निर्माण गरिएको राममूर्ति निर्माण समितिका अध्यक्ष वीरसिंह कार्कीले जानकारी दिए । मूर्ती निर्माणका लागि ५ लाख रुपैयाँ चन्दा संकलन भएको उनले बताए।

उनले भने, ‘यो क्षेत्रमा पुरानो राम मन्दिर रहेको छ। जमाडी र चौलानी नदीको संगम नजिकै रहेको मन्दिरमा हामीले चन्दा संकलन गरेर २१ फिट अग्लो राममूर्ति निर्माण गरेका छौं।’

राम मन्दिर परिसरमा निर्माण गरिएको राममूर्तिको रामनवमीका दिन प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ। यही चैत २४ गतेका दिन पर्ने रामनवमी दिन मूर्तिको औपाचारिक उद्दघाटन गरिने अध्यक्ष कार्कीले बताए।

हरेक वर्ष रामनवमीका दिन पञ्ज्यूनयाँस्थित राममन्दिरमा ठूलो मेला लाग्ने गर्दछ। उक्त राम मन्दिरमा विवाह, ब्रतबन्धजस्ता धार्मिक कार्यहरू गरिँदै आएका छन्।

सम्बन्धित
Loading...