
कञ्चनपुरः खैरो हेरोइनसहित कञ्चनपुरमा एक युवक पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–६ नेपाल भारत सिमा इलाकाको बैशाखास्थित छोटी भन्सार कार्यालयको चेक प्वाइन्टमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा सोही नगरपालिकाको हात्तीबोझा बस्ने २३ वर्षीय रोहित पन्त पक्राउ परेका हुन्।

पन्तलाई ५३ दशमलव ९८ ग्राम लागूऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरीबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाएको छ।
