
धनगढीः कैलालीको अत्तरिया बजारबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ अत्तरिया बजारबाट गोदावरी नगरपालिका–१ भरतपुर बस्ने २७ वर्षीय रमेश पुनमगर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेला बस्ने २७ वर्षकै दिपक ओली पक्राउ परेका हुन्।

दुवै जनालाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।
