Skin_Hospital_Dhn

समाजवादी मोर्चाले बीच सडकमा बनायो मञ्‍च

काठमाडौं: काठमाडौंको पर्यटन बोर्ड अगाडिको बीच सडकमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाले विरोध जनसभा गर्दैछ। यसका लागि मोर्चाले टुँडिखेलतर्फको बीच सडकमा मञ्च निर्माण गरेको छ।

बीच सडकमा मञ्च निर्माण गरेपछि त्यस क्षेत्रमा बिहानैदेखि यातायात आवागमन बन्द गरिएको छ। मोर्चाले गणतन्त्र रक्षाका लागि भन्दै विरोध सभा गर्न लागेको हो।

रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग,भृकुटिमण्डपको सडक पूर्णरुपमा बन्द गरिएको छ। त्यस्तै काठमाडौंको तीनकुने वानेश्वर, माइतिघरलगायतका क्षेत्रमा यातायात अवरुद्ध भएको छ। सो क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ। जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।

यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा राजतन्त्रवादीहरूको प्रदर्शन हुँदैछ। यसका लागि राजावादीहरूले काठमाडौंको तीनकुनेमा मञ्च निर्माण गरेको छ। दुवै पक्षले आ-आफ्नो शक्ति प्रदर्शन गर्ने दावी गरेका छन्।

सम्बन्धित
Loading...