
काठमाडौं: दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले अराजक प्रदर्शन गरेपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीकाअनुसार शुक्रबार अपरान्ह ४ बजेपछि कर्फ्य आदेश जारी गरिएको हो।

उनले कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताए। उग्र बनेका प्रदर्शनकारीहरूले निजी घर, मिडिया हाउस र दलका कार्यालयमा पनि आक्रमण गरेका छन्। उता प्रसाईंसहितका राजावादी भने तीनकुने क्षेत्रबाट सुटुक्क भागेका छन्।
