
काठमाडौं: कोटेश्वरस्थित भाटभटेनीमा राजावादीले लुटपाट गरेका छन् ।

सामाजिक सञ्जालमा जारी भिडिओमा एक युवक बियरको बोत्तल दुवै हातमा बोकेर हिँडेको देखिन्छ । साथै, अन्य युवाहरुले फलफूल पसलमा तोडफोडसमेत गरेका छन् । फलफूलहरु भुँइमा यत्रतत्र छरिएको पनि देखिन्छ ।

उनीहरुले पार्किङमा राखेको कारमासमेत तोडफोड गरेका छन् । सो समूहले भाटभटेनीको भवनका सिसा फुटाएको छ भने तरकारीहरू जथाभावी फालिदिएका छन् ।
