Skin_Hospital_Dhn

काठमाडौँमा सेना परिचालन

काठमाडौँ: राजसंस्था पक्षधरको आन्दोलन नियन्त्रणबाहिर गएपछि काठमाडौँमा सेना परिचालन गरिएको छ।

गृह मन्त्रालयको आग्रहपछि तनावग्रस्त क्षेत्रमा सेना परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए।

राजसंस्था पक्षधरको आन्दोलन नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रणबाहिर गएकोले सेना परिचालनका लागि गृहले आग्रह गरेको केसीले बताए।

शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजसंस्था पक्षधरको आन्दोलन उग्र बनेको थियो। आन्दोलनकारीहरूले विभिन्न स्थानमा आगजनी तथा तोडफोड गरेका थिए। त्यसक्रममा प्रहरीले गोलीसमेत चलाएको थियो। प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

सम्बन्धित
Loading...