Skin_Hospital_Dhn

कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

धनगढी: कैलालीमा ३ ग्राम ८२० मिलिग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र लागूऔषध व्यूरो धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरीगंगा नगरपालिका–६ वनबेहडा बस्ने २९ वर्षीय कृष्ण खड्कालाई आज पक्राउ गरेको हो।

खड्काले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ७२ नम्बरको माटरसाईकल चेकजाँच गर्दा खैरो हेरोइन फेला पारी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित
Loading...