
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ‘ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र’ अभियान चलेको छ। शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा पूर्वराजा शाहबारे पोस्ट राख्दै प्रयोगकर्ताहरूले पक्राउ गर्न माग गरेका हुन्।

तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए। थुप्रै घाइते भएका थिए भने सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो।

प्रदर्शनको नाममा हिंसा मच्चाएपछि आन्दोलनका मुख्य डिजाइनर भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न सर्वसाधारणले #ArrestGyanendra अभियानमार्फत् सरकारलाई दबाब दिएका हुन् उनीहरूले ज्ञानेन्द्रलाई यो अपराधबाट उन्मुक्ति नदिन सरकारसँग अपिल गरेका छन्।
