Skin_Hospital_Dhn

सुनको मूल्य बढेको बढ्यै, नयाँ रेकर्ड कायम

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ थियो। शनिबार बिदा भएकोले महासंघले आज सुनको नयाँ मूल्य तोकेको हो। महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको भाउ तोक्ने गर्दछ।

आज चाँदीको भाउ घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको छ।

सम्बन्धित
Loading...