Skin_Hospital_Dhn

नापी कार्यालयको साइनबोर्ड ह्याक, लेखियो ‘आई लभ यु प्रमिला’ !

काठमाडौं: रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ।

कायर्यालयको डिजिटल बोर्ड ह्याक गरेर ‘i love u parmila, i really love you’ लेखिएको छ। नगरपालिकाका मेयर रबि केसीले डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको जानकारी दिए।

‘बोर्डमा त्यस्तो देखिएको हो। ह्याक भएको हो’, उनले भने। कार्यालयका प्रमुख मन आग्रीले आफू बाहिर रहेको तर आफूलाई बोर्डको नाम परिवर्तन भएकोबारे जानकारी पाएको बताए।

नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर बिष्टले यसबारेमा अनुसन्धान गर्ने काम भइरहेको बताए। जिल्ला प्रशासन कार्यालय र अनुसन्धान गर्ने निकायलाई जानकारी गराइएको उनले बताए। केही दिनअघि भरतपुरको विद्युत प्राधिकरणको कार्यालयको बोर्डमा पनि प्रधानमन्त्री विरुद्धको नारा देखिएको थियो।

सम्बन्धित
Loading...