Skin_Hospital_Dhn

राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाल छुटे

काठमाडौं: राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाल छुटेका छन्। उनलाई प्रहरीले म्याद थप नगरी रिहा गरेको हो। १५ चैतमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

राजावादीले हिंसात्मक प्रदर्शन गरेको दिन उनी परीक्षामा सामेल थिए। प्रदर्शन उत्तेजक बनाउन नेपालको कुनै भूमिका नदेखिएपछि रिहा गरिएको प्रहरी स्राेतले बताएको छ।

सम्बन्धित
Loading...